काठमाडौं -स्पेनको राजधानी मड्रिडमा नेपाली सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।
स्पेनका लागि नेपाली राजदूतावासको आयोजनामा हुन लागेको उक्त सांस्कृतिक कार्यक्रम यहि मे महिनाको १३ तारिखका दिन आयोजना हुने भएको हो । नेपाल र स्पेनबीचको कुटनैतिक सम्बन्ध गाँसिएको ५५औं वर्षगाँठका अवसरमा आयोजना हुन लागेको उक्त कार्यक्रमको मुख्य आकर्षणका रूपमा घोडा दौड प्रतियोगिताको पनि आयोजना गरिएको छ । जसमा, नेपालमा रहेका ८ हजार मिटर भन्दा अग्ला हिमालका नाम बाट चिनिउको घोडाहरूका बीचमा प्रतिस्पर्धा गराईने छ । सगरमाथा, मकालु, कञ्चनजंघा, लोत्से, चोयु, धौलागिरी, मनास्लु र अन्नपुर्ण गरि ८ वाटा हिमालका नाम गरेका घोडाहरुको सहभागिता रहने छ ।
उक्त कार्यक्रममा स्पेनमा रहेका नेपाली तथा स्पेनको सरकारी कायालर्यमा कार्यरत उच्च पदस्थ कर्मचारी, कुटनीतिज्ञ तथा यूरोपका थुप्रै मानिसहरूको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ। विशेष गरेर विश्वमा रहेका ८ हजार मिटरमाथिका १० वटा हिमालमध्ये ८ वटा हिमाल नेपालमा रहेकाले नेपालको पर्यटन प्रवर्धनमा यस प्रतियोगिताले महत्व राख्ने राजदूतावासले जनाएको छ । यसैगरि हिमालहरूको नामलाई जलबायु परिवर्तन र यसको दीर्घकालिन असरसँग पनि जोड्न यस किसिमको प्रतियोगिताको आयोजना गर्न लागिएको हो । स्पेनका लागि नेपाली राजदूत डा. सर्मिला पराजुली ढकालको विशेष सम्बोधन रहने यस कार्यक्रमले स्पेन र नेपालबीचको सम्बन्ध तथा दुई देश बीचको भेषभुसा, सांस्कृति र परम्पराको आदान प्रदानमासमेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । सन् १९६८मा स्वर्गीय राजा विरेन्द्रको स्पेन भ्रमणपछि दूई देशबीचमा कुटनीतिक सम्बन्ध कायम भएको थियो । जतिबेला तत्कालिन राजा विरन्द्रले दुई देश बीचमा सांस्कृतिक सहयोग बारेमा हस्ताक्षर गरेका थिए । त्यसयता दुई देशबीचको कुटनीतिक सम्बन्ध प्रगाढ रहेको छ ।