धादिङमा गुडिरहेको बसमा आगलागी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०७५ दिन अगाडि
धादिङमा गुडिरहेको बसमा आगलागी

काठमाडाै‍ -त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेसी–९ गणेश मन्दिर नजिकै गुडिरहेको बसमा आगलागी भएको छ।

धादिङको खाल्टेबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख ४८४६ नम्बरको यात्रुवाहक बसमा सर्ट सर्किट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

‘३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेका छन्। बसको  सिटसहित भित्रको पार्ट, बाहिर पनि जलेको छ। बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन पाएन,’ एसपी मिश्रले भने। राजमार्ग क्षेत्रमा रहेको दमकल, प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन्।