स्थिर सरकार नभएकाले नक्कली शरणार्थी प्रकरण छानबिनमा आशंका - बाबुराम भट्टराई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६७ दिन अगाडि
स्थिर सरकार नभएकाले नक्कली शरणार्थी प्रकरण छानबिनमा आशंका - बाबुराम भट्टराई

काठमाडाै‌ -नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनेमा शंका व्यक्त गरेका छन्।

वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने भन्दै उनले स्थिर सरकार नहुनाले निष्पक्ष रुपमा छानबिन हुनेमा शंका रहेको बताए। शनिबार नक्सालमा भएको भ्रष्टाचारविरुद्धको बृहत आन्दोलनमा सहभागी हुँदै उनले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरु बच्न नसक्ने उल्लेख गरे। ‘हामीले खबरदारी गरिरहे भ्रष्टहरु छुट्दैनन् । हामीले यो गर्नसके राजनीतिक शुद्धिकरण र सुशासनको दिशामा जान सकिन्छ । अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन, अस्थिर सरकार। त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दरोसँग कमद चाल्न सक्दैन। आशंका छ । राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा त्रुटी छ,’ उनले भने।