नक्कली शरणार्थी प्रकरण - प्रहरीलाई फूल दिएर नागरिक सडकमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६८ दिन अगाडि
नक्कली शरणार्थी प्रकरण - प्रहरीलाई फूल दिएर नागरिक सडकमा

 काठमाडाै‌ -नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’कै संलग्नता देखिएपछि नागरिक स्वस्फुर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिएका छन्। 

प्रहरी अनुसन्धानमा दबाब र प्रभाव हुन नदिन खबरदारीका लागि शनिबार काठमाडौंको माइतीघर र नक्सालस्थित नारायणचौर प्रदर्शन भएको छ। नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीले खुट्टा नकमाऊन् भनेर नारायणचौरको प्रदर्शनमा नागरिकले फूलसहित धन्यवाद ज्ञापन गर्दै निष्पक्षरुपमा अनुसन्धानलाई निचोडमा पुर्याउन शुभकामना दिएका छन्।