माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०८२ दिन अगाडि
माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला

काठमाडौं -  माध्यामि अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ  । 

शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ । योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।

अनलाइन फाराम https://license.tsc.gov.np मार्फत पेस गर्न सकिनेछ । अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।