कैलालीको धनगढीस्थित एक खाद्य गोदाममा आगलागी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०६९ दिन अगाडि
कैलालीको धनगढीस्थित एक खाद्य गोदाममा आगलागी

धनगढी - कैलालीको धनगढीस्थित एक खाद्य गोदाममा आगलागी भएको छ ।

शनिबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी (दक्षिणकाली मार्ग) स्थित पिपि ट्रेडर्सको गोदाममा आगलागी भएको हो जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कृष्णदत्त पाण्डेले सञ्चालन गरेको स्टोरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको खुलेको छ ।

आगलागीबाट गोदाममा रहेका चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउलगायतका  खाद्य सामान र गोदाम पूर्ण रुपम नष्ट भएको छ । आगलागीबाट झन्डै ६ करोडको क्षति भएको सञ्चालक भट्टलाई उद्धृत गर्दै प्रहरीले बतायो ।

धनगढी उपमहानगरपालिकाको दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।