सुत्केरीको मृत्यु प्रकरण - छानबिन गर्न समिति गठन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०७४ दिन अगाडि
सुत्केरीको मृत्यु प्रकरण -  छानबिन गर्न समिति गठन

 काठमाडाै‌ -दाङको घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएको विषयमा छानविन गर्न समिति गठन गरिएको छ। 

 

आइतबार दुवै पक्ष र सरोकारवालाबीचको छलफलले घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डीसीको नेतृत्वमा छानविन समिति गठन गरेको हो।  छानविन समितिको प्रतिवेदन अनुसार आबश्यक कारबाही अघि बढाउने सहमति भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  गएको बिहीबार दिउसो १ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. ८ सौडीकी २८ वर्षीया मधु बुढाथोकी केसीको प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थयो। 

त्यसपछि आफन्तले क्षतिपूर्तिको माग राख्दै आन्दोलनमा थिए।  प्रतिष्ठानले बच्चा जन्मिएपछि स्वास्थ्यमा अनपेक्षित जटिलता आइ उनको  निधन भएको बताएको छ। सुत्केरी भएपश्चात पाठेघर खुम्चिएर बन्द हुनुपर्नेमा रक्तश्राव बन्द नभएकाले औषधिको प्रयोग तथा अन्य विधि र प्रक्रियाद्वारा उपचार गरिएको भएपनि रक्तश्राव बन्द नभएपछि आफन्तको स्वीकृतमा शल्यक्रिया गरी पाठेघर निकालिएको प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख छ।  रक्तश्राव नरोकिएकाले मृत्यु भएको प्रतिष्ठानले दाबी गरेको छ। तर, आफन्तले भने बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरुले हात हालेर जबरजस्ती सालनाल निकाल्न खोज्दा सुत्केरीको मत्ृयु भएको बताउँदै आएका छन्। 

उपचारमा संलग्न डाक्टर र नर्सहरुले सुत्केरीको अवस्थाका बारेमा आफन्तहरुलाई कुनै पनि जानकारी नगराएको र बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि डाक्टरले आईसीयूमा राखेर उपचार गर्ने भन्दै एकाएक कागज गराउन लगाएको समेत आरोप लगाएका छन् । सुत्केरी हुनुअघि सबै स्वास्थ्य परिक्षण गर्दा सामान्य रिपोर्ट आएको थियो । पछि प्रतिष्ठानको लापरवाहीले सुत्केरीको ज्यान गएको सुत्केरीकी आमा पूर्णा बुढाथोकीले बताइन् ।