जासूसीको आरोपमा चीनले दियो अमेरिकी नागरिकलाई जन्मकैदको सजाय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६२ दिन अगाडि
जासूसीको आरोपमा चीनले दियो अमेरिकी नागरिकलाई जन्मकैदको सजाय

काठमाडाै‍ -एक अमेरिकी नागरिकलाई चीनको अदालतले जासूसीको अभियोगमा जन्मकैदको सजाय दिएको छ ।  

जोन शिङ–वान ल्युङ नामक ती व्यक्ति हङकङका स्थायी बासिन्दा पनि हुन् । उनलाई सोमवार सुचाउ शहरको इन्टरमिडिएट पिपुल्स कोर्टले गुप्तचरीको कसूरदार ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको हो । ल्युङलाई सन् २०२१ अप्रिल १५ मा पक्राउ गरी हिरासतमा राखिएको थियो । च्याङ्सु प्रान्तमा रहेको सुचाउमा उनी पक्राउ परेका थिए । 

उनीबाट ५ लाख युआन बराबरको व्यक्तिगत सम्पत्ति पनि बरामद गरिएको छ ।  ल्युङ कसरी पक्राउ परे अनि उनलाई कसूरदार ठहर गर्नका लागि कुन प्रक्रिया अपनाइएको थियो भनी चिनियाँ अधिकारीहरूले खुलासा गरेका छैनन् । चीनमा राज्यको सुरक्षासम्बन्धी मुद्दा बन्द इजलासमा सुनुवाइ गरिन्छन् । चीन र अमेरिकाको सम्बन्ध चिसिएको बेलामा ल्युङको सजायको खबर सार्वजनिक भएको छ । यी दुई दृशले व्यापार, प्रविधि, भूराजनीति र सैन्य सर्वोच्चताका विषयमा कठोर प्रतिस्पर्धा गरिरहेका छन् । एजेन्सी