ठूला दलका नेताको भेटघाटले मिलेमतोको आशंका - राजकिशोर यादव

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९० दिन अगाडि
ठूला दलका नेताको भेटघाटले मिलेमतोको आशंका - राजकिशोर यादव

काठमाडौं -जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी सामान्य भ्रष्टाचारको मुद्दामात्र नभई राष्ट्रद्रोह भएको बताएका छन् ।

 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दा देशद्रोह भएको बताएका हुन् । ‘यो सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गरिँदैछ, यो सामान्य भ्रष्टाचारमात्र होइन, देशद्रोह हो । यसले राजनीतिमा अविश्वासको वातावरण सिर्जना गरिरहेको छ’ उनले भने ।

नेता यादवले केही दिनयता ठूला ३ दलका नेताहरु निरन्तर भेटिरहेकामा आशंका भएको पनि बताए । उनीहरुको भेटघाटले यो मुद्दामा मिलेमतो गर्न खोजेको त होइन भन्ने शंका उत्पन्न भएको धारणा राखे ।