विकास निर्माणको काम गराउन सांसदहरु अनशन बस्नै पर्ने अवस्था नआओस् - दिपक गिरी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९० दिन अगाडि
विकास निर्माणको काम गराउन सांसदहरु अनशन बस्नै पर्ने अवस्था नआओस् - दिपक गिरी

 काठमाडाै‌ -नेपाली कांग्रेसका सांसद दिपक गिरीले सरकारले सांसदहरुको मागको सुनुवाई नगरेको भन्दै आपत्ति जनाएका छन्।

जब्दी पुल निर्माणका लागि सांसद सञ्जय गौतमले आमरण अनसन सुरु गर्नु परेको उल्लेख गर्दै उनले अरु सांसदहरुले आमरण अनसन बस्नुपर्ने अवस्था आउन नदिन सरकारलाई सचेत गराए। सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गिरीले उदयपुरको त्रियुगा पुल, संखुवासभाको अरुण पुललगायतका विकास, निर्माणको काममा सांसदहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले कुनै कदम नचालेको उल्लेख गर्दै आक्रोश व्यक्त गरे।

‘आज ३ दिन भयो सांसद सञ्जय गौतम अनसन बस्नु भएको। अव भोलि नारायण खड्का त्रियुगा पुलमुनि आमरण अनसन बस्नु भएको छ भनेर सुन्न नपरोस्। पर्सी दिपक खड्का अरुणको पुलमुनि बस्नु भएको छ भनेर सुन्न नपरोस्। म सम्माननीय सभामुखमार्फत यो नेपाल सरकारको आँखा खुलोस्,’ उनले भने।