काठमाडाै-नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाण सरकारी वकिलको कार्यालयमा बयान दिएर फर्केका छन्।
प्रहरीले उनलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं लगेर टेकु फिर्ता ल्याएको हो। जिल्ला सरकारी वकिल कार्यालयले मंगलबारभित्र अनुसन्धान प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।