नक्कली भुटानी शरणार्थी प्रकरण : सबै आराेपीलाई अनुसन्धानको दायरामा ल्याउन सांसद वाग्लेकाे माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९० दिन अगाडि
नक्कली भुटानी शरणार्थी प्रकरण :   सबै आराेपीलाई अनुसन्धानको दायरामा ल्याउन सांसद वाग्लेकाे माग

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् ।  

आइतबार काठमाडौँमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धी बहस कार्यक्रममा बोल्दै एवम् अर्थविद्समेत रहेका वाग्लेले सो प्रकरणमा मुछिएका सबैलाई प्रहरीको अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताए। अपराध करार गर्नेभन्दा पनि ती पात्रहरूलाई सोधखोजका लागि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको भनाई थियो । 

सांसद वाग्लेले सो प्रकरण संगठित अपराध भएकाले अव नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रम ७ दिन बाँकी रहेकाले त्यसमा सबैले सहयोग गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

सांसद वाग्लेले सो प्रकरणमा अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघीय निकाय र नेपालस्थित अमेरिकी दूतावासको चासो रहनु स्वाभाविकै हुने पनि तर्कपनि अघि सारे ।