काठमाडाैं-अभियान साहित्य कलाकार समाजले विभिन्न विशिष्ट ब्यक्तित्वहरु सम्मान गरेकाे छ । अभियान पुरस्कार, सम्मान तथा स्मारिका बिमाेचन कार्यक्रममा विभिन्न स्रष्टा, कलाकार तथा समाजसेवीहरु सम्मानित भएका हुन् ! कार्यक्रममा समाराेहमा संस्थाकाे वार्षिक उत्सवकाे अवसरमा प्रकाशन गरिएकाे " अभियान स्मारिका२०८०" काे समेत बिमाेचन गरिएकाे थियाे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि रहनु भएकाे कार्यक्रममा वरिष्ठ हास्य ब्यङ्गकार कृष्ण मुरारी गाैतम चट्याङ मास्टर, समाजसेवी हरि प्रकाश पुडासैनी बरिष्ठ कलाकार देशभक्त खनाल, मानव अधिकार एलाईन्स भक्तपुरका अध्यक्ष पुरुषाेत्तम श्रेष्ठ मानवीय आस्था नेपालकी महासचिब उत्तरा नेपाल, समाजसेवी राजन ढुङ्गेल, साहित्यकार रामेश्वर राउत मातृदास र प्राडा. राम प्रसाद ज्ञवाली लगायतकाे उपस्थिति रहेकाे थियाे ।
सँस्थाका अध्यक्ष पशुपति दँगालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा दस हजार पुरस्कार राशीकाे "अभियान पुरस्कार २०८०" प्रा डा राम प्रसाद ज्ञवालीलाई प्रदान गरिएकाे थियाे । यस्तै अभियान कलाकार सम्मान २०८० बाट बरिष्ठ कलाकार देशभक्त खनाल त्यसै गरि वर्ष"अभियान समाज सेवा सम्मान २०८०" समाजसेवी राजन ढुङ्गेल र "अभियान साहित्य सम्मान २०८०"बाट बाल साहित्यकार रामेश्वर राउत " मातृदास" सम्मानित भए ।
यसैगरि यसवर्षकाे "विशेष याेगदान सम्मान२०८०" बाट रमेश घिमिरे सम्मानित भए भने मध्यपुर थिमि नगरपालिका ३ नम्बर वडालाई विशेष कदर पत्र प्रदान गरिएकाे थियाे !
कार्यक्रममा बिमाेचन गरिएकाे अभियान स्मारिका २०८०" का बारेमा डा. रमेश शुभेच्छुले समीक्षा गरेका थिए भने युवा साहित्याकार तथा स्मारिकाका प्रधान सम्पादक घनश्याम गाैतमले स्मारिका प्रकाशन गर्दाका कठिनाई र चुनाैतीका बारेमा अबगत गराएका थिए । उनले साहित्यकाे भाेकले लेखक र कलाकार कहिल्यै नथाक्ने र कहिल्यै नअघाउने पनि बताए ।
कार्यक्रममा स्वागत मन्तब्य दिदै उपाध्यक्ष खगेन्द प्रसाद गुरागाईंले बामे सर्न लागेकाे बच्चालाई उभिन सक्ने बनाउन यस प्रकारका कार्यक्रमले निरन्तरता पाउनु पर्नेमा जाेड दिए ।
कार्यक्रमकाे समापन गर्दै सभापति पशुपति दंगालले संस्थामा सहयाेग गर्न चाहाने मनकारी साहित्यकार तथा साहित्यप्रेमिहरुलाई अक्षयकाेष राखेर सहयाेग गर्नसमेत अपिल गरे ।

संस्थाले साेहि कार्यक्रमकै दिन संस्थाकाे साधारण-सभा पिन सम्पन्न गरेकाे छ । जस अन्तर्गत अध्यक्षमा पशुपति दंगाल, उपाध्यक्ष खगेन्द्र प्रसाद गुरागाई, सचिवमा घनश्याम गाैतम, काेषाध्यक्षमा युगज्याेति क्रियाशिल निर्बिराेध चयन भएका छन् । यसैगरि सदस्यहरुमा दिपेश सेढाइ ( सानू घायल), सुरेश तिमल्सिना र गाेबिन्द प्रसाद निराैला पनि निर्बिराेध चयन भएका छन् !