देशका पहाडी क्षेत्रमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८९ दिन अगाडि
देशका पहाडी क्षेत्रमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ -  देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली  र सुदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।\

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ। कोशी  र  बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागमा  चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। राति भने  कोशी प्रदेशका एक दुई स्थानमा  चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।