मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६५ दिन अगाडि
मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं-सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राष्ट्रिय शहीद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । २०६२/०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो ।