एपीएफलाई हराउँदै पुलिसले छाड्यो रेलिगेसन जोन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६१ दिन अगाडि
एपीएफलाई हराउँदै पुलिसले छाड्यो रेलिगेसन जोन

काठमाडौं - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ ।

एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा अर्को विभागीय क्लब एपीएफलाई १–० ले हराउँदै पुलिसले रेलिगेसन जोड छाडेको छ ।पुलिसको जितमा ६१ औं मिनेटमा विदेशी फरवार्ड मोसेसले गरेको गोल नै निर्णायक बन्यो ।यो जितसँगै पुलिस १८ खेलबाट २२ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित एपीएफको समान खेलबाटै २२ अंक रहे पनि हेड टु हेडमा पछि रहँदै ११औं स्थानमा छ ।