गैँडाको खागसहित तीनजना पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०७१ दिन अगाडि
गैँडाको खागसहित तीनजना पक्राउ

 काठमाडाै‌ -ललितपुर महानगरपालिका– ४ स्टिलटावर चोकनजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग (ओखेटोपहार)सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका– ५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनीघाट रोराङ गाउँपालिका– २ घर भई काठमाडौं नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ छन्। 

उक्त चोकनजिक गैँडाको खाग खरिद–बिक्री गर्दै गरेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त खागसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको प्रहरीले जनाएको छ। रासस