काठमाडाै- आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदले सोधेको प्रश्नको जवाफ दिइरहेका छन्।
करिब दुई घण्टा ढिला गरी सुरु भएको बैठकमा प्रतिनिधिसभा नियमावलीको ५६ (५) नै निलम्बन गरी सांसदले सोधेका २० वटै प्रश्नको उत्तर दिने भएका हुन्। नियमावली निलम्बनका लागि रमेश लेखकले प्रस्तावमा महेश बर्तौला र सन्तोष परियारले समर्थन गरेका थिए।
सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरण, आर्थिक अवस्था, प्रधानमन्त्रीको भारत भ्रमण, भ्रष्टाचारसम्बन्धी विभिन्न विषय, शैक्षिक अवस्था, नागरिकताको सवाल र टीकापुर घटनामा केन्द्रित रहेर २० वटै प्रश्नको जवाफ दिने छन्। नियमावलीअनुसार प्रधानमन्त्रीले १५ प्रश्नको जवाफ दिने व्यवस्था थियो।