विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण -प्रधानमन्त्री

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८७ दिन अगाडि
विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण -प्रधानमन्त्री

काठमाडाै‌ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक भार कम गर्न सरकारले विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति लिएको बताएका छन्।

बिहीबार संसदमा एमाले सांसद पदम गिरीले राखेको प्रश्नको जवाफ दिँदै उनले नीजि क्षेत्रको साझेदारीमा उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्ने खालका कार्यक्रमहरु सरकारको प्राथमिकतामा रहेका प्रष्ट्याएका हुन्। सांसद गिरीले आर्थिक संकटकाबीच सरकारले राज्यको अनिवार्य दायित्व कसरी निर्वाह गर्छ भनी प्रश्न राखेका थिए।  

जवाफमा प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रका चुनौतीलाई सम्बोधन गर्न वित्तिय, मौद्रिक र  क्षेत्रगत नीति तथा कार्यक्रममा आवश्यक सुधार गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सरकार प्रयत्नशिल रहेको छ। विदेशी लगानीलाई प्राथमिकता दिँदै नीजि क्षेत्रको साझेदारीमा उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्ने खालका कार्यक्रमहरु सरकारको प्रागमिकतामा छन्।’ उनले थपे, ‘विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलार्य संरक्षण गरी आर्थिक भार कम गर्ने सरकारको नीति छ। वित्तिय संघीयताको प्रभावकारी कार्यान्वयन गरी खर्चको आवश्यकता र राजश्व क्षमताको आधारमा वित्तिय हस्तान्तरण कार्यक्रमलाई सुदृढ गर्दै लगिने छ।’