काठमाडाै -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएको प्रष्ट पारेका छन्।
बिहीबार प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांस्द शिशिर खनालले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो प्रष्टिकरण दिएका हुन्। प्रतिवेदन सार्वजनिक हुने चरणमा रहेकै बेला राष्ट्रिय सूचना आयोगले हालेको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले तत्काल प्रतिवेदन सार्वजनिक नगर्न आदेश दिएको प्रधानमन्त्रीले बताए।
‘त्यो आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्नेभित्र पर्छु म पनि । तर त्यसलाई कुन रुपमा कसरी सार्वजनिक गर्ने भ्रन्ने विषयमा छलफल हुँदै गर्दा सूचना आयोगले त्योसर्वोच्च अदालताम मुद्दा हालेपछि सर्वोच्च अदालतले हाल त्यो प्रतिवेदन प्रकाशित नगर्नु भन्ने फैसला गरेको यहाँहरुलाइपर्् म जानकारी गराउन चाहान्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सर्वोच्चको त्यो फैसलालाई कुनै किसिमले पुनरावेदन गरेर त्यसलाई खुला गरेपछि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपदर्छ भन्ने मेरो मान्यता छ।’