पश्चिमी वायुको प्रभावले वर्षा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०७० दिन अगाडि
पश्चिमी वायुको प्रभावले वर्षा

 काठमाडाै‌ -हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

जसका कारण अहिले कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी काठमाडौंमा बिहानैदेखि बदली र हल्का वर्षा भइरहेको छ। दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।