नेपालमा पहिलोपटक खुल्यो इजरायली शैलीको शालम नट्स वेरी मार्ट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०७० दिन अगाडि
नेपालमा पहिलोपटक खुल्यो इजरायली शैलीको शालम नट्स वेरी मार्ट

काठमाडौ- कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ९ गोठाटारमा इजरायली शैलीको शालम नट्स वेरी मार्ट सञ्चालन आएको छ।

नेपालका लागि इजरायली राजदुत हनान गोडरले मार्ट उद्घाटन गरेसँगै सेवा सुचारू भएको हो । मार्ट उद्घाटन गर्दै राजदूत गोडरले नेपाल र इजरायलको लामो कुटनैतिक सम्बन्ध र जनस्तरमा कायम भएको भातृत्व सम्बन्धलाई निरन्तरता दिनु पर्ने बताए । उनलेे शालम नट्स वेरीले नाम सगै आफ्नो व्यवसायिक छवि र गुणस्तर कायम राख्दै नेपाली जनतालाई सेवामा छरितो र सुविधा प्रदान गर्ने विस्वास व्यक्त गरे ।

मार्ट इजरायलमा लामो समय बिताएका काभ्रेपलान्चोकका बर्दि प्रसाद खकुरेलले सञ्चालनमा ल्याएका हुन् । उनले गोठाटार क्षेत्रका जनतालाई गुणस्तरयुक्त सामान सहितको सेवा उपलब्ध गराउने उदेश्यले रहेको बताए । इजरायली शैलीको मार्ट नेपालमा पहिलोपटक सञ्चालनमा आएको दाबी छ।