काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारतको भ्रमणको मिति तय भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भएको छ। त्यसको औपचारिक घोषणा भने हुन बाँकी छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री दाहालले जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गर्नेबारे छलफल भइरहेको छ । प्रधानमन्त्रीको भारत भ्रमणको तयारीलाई लिएर परराष्ट्रमन्त्री एनपी साउदले छलफल तीव्र पारेका छन् । उनले पूर्व परराष्ट्रमन्त्रीहरू, पूर्वराजदूतहरू र पूर्व सचिवहरूसँग छलफल गरेका छन् ।