सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम साझा दस्तावेज हैन -ओली

क्रमभंगता अब बोलीमा सीमित रह्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२६० दिन अगाडि
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम साझा दस्तावेज हैन -ओली

काठमाडौँ - एमाले अध्यक्ष तथा विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम साझा दस्तावेज हुन नसकेको बताएका छन् । प्रतिनिधिसभामा आइतबार नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै अध्यक्ष ओलीले देशले सामाना गरिरहेको समस्या प्रस्तुत गर्न नसकेका कारण नीति तथा कार्यक्रम साझा दस्तावेज हुन नसक्ने बताए ।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भन्ने गरेको क्रमभंगता नीति तथा कार्यक्रमले पूरा नगर्ने बताए ।

'क्रमभंगता अब बोलीमा सीमित रह्यो । यो नीति तथा कार्यक्रम पश्चगामी छ । र त्यसले पश्चगमनमा लैजाने निश्चित छ,' ओलीले भने, 'सरकार सबै मोर्चामा असफल भएको छ । पराजित भएको छ । सबै बाचा, प्रतिबद्धताहरु असफल भएका छन् । झुठा सावित भएका छन् ।'