काभ्रेपलान्चोक जिल्लामा पहिलो रास्वपा नगर समिति पाचखालमा गठन, सभापतिमा निरौला काभ्रेपलान्चोक : पाँचखाल नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको कमिटी गठन भएको छ।
काभ्रेपलान्चोक जिल्लामा पहिलो रास्वपा नगर समिति पाचखालमा गठन, सभापतिमा निरौला काभ्रेपलान्चोक : पाँचखाल नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको कमिटी गठन भएको छ। एक कार्यक्रमबीच नवीन प्रकाश निरौलाको सभापतित्वमा ११ सदस्यीय नगर कमिटी गठन गरिएको हो।
त्यस्तै उप सभापतिमा राजेन्द्र लुइँटेल कमिटीको सचिवमा नवराज बोलखे कोषाध्यक्षमा रामकुमारी दनुवार तथा सदस्यहरुमा विमलराज गिरी, जनार्दन पौड्याल, सुजन मिजार, सज्जन अधिकारी, यसोधा भुर्तेल , सविना दनुवार,सानुकान्छा तामाङ सहित चयन भएका छन्। कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने, पूर्वडिआइजी रमेश खरेल, समाजसेवी ताराबहादुर कुँवरलगायतको उपस्थिति रहेको थियो। मोटरसाइकल स्कटटिङ सहित करिब २ हजार नागरिकको भेलाबाट नगर कमिटी गठन गरिएको हो, पाँचखाल नगरपालिकाको इतिहासमा सबै भन्दा बढि जनताको उपस्थितिमा नगर भेला गर्ने रास्वपा पहिलो पाटि बनेको हो ।