यही वर्षबाट असोज २ गते "राष्ट्रिय शिक्षा दिवस" मनाउने सरकारको निर्णय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०७३ दिन अगाडि
यही वर्षबाट असोज २ गते "राष्ट्रिय शिक्षा दिवस"  मनाउने सरकारको निर्णय

सरकारले यो वर्षदेखि असोज २ गते शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि ८ सेप्टेम्बरमा पर्ने अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा दिवस पनि मनाइँदै आएको थियो । तर, २०३१ सालदेखि २०६२÷६३ को राजनीतिक परिवर्तनअघि सम्म १२ फागुनमा शिक्षा दिवस मनाउने गरिएको थियो ।

सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षासम्बन्धी ऐन पारित भएको दिन २ असोज भएकोले सोही दिन शिक्षा दिवस मनाउने निर्णय सरकारले गरेको हो ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले शिक्षा क्षेत्रमा लगानी गर्ने विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त १९.० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने  निर्णय गरेको छ ।

त्यस्तै, विद्यालय क्षेत्र रुपान्तरणका लागि विश्व बकैंबाट प्राप्त हुने १२० मिलियन डलरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।