राष्ट्रपतिले गराए नवनियुक्त मन्त्रीलाई शपथ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५७ दिन अगाडि
राष्ट्रपतिले गराए नवनियुक्त मन्त्रीलाई शपथ

 काठमाडाै‌ -राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।  सोही समारोहमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले नवनियुक्त राज्यमन्त्री प्रमिला कुमारीलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ गराएका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरू दुवैलाई मन्त्री र राज्यमन्त्रीमा मंगलबार नियुक्त गरेका थिए। उनीहरूको नियुक्ति र शपथसँगै वर्तमान मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।