सबैप्रति आभार व्यक्त गर्दै चन्द्र भण्डारीले भने- साैभाग्यले बाँचेर आएँ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५७ दिन अगाडि
सबैप्रति आभार व्यक्त गर्दै चन्द्र भण्डारीले भने- साैभाग्यले बाँचेर आएँ

 काठमाडाै‌ -कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले सौभाग्य बाँचेर आएको बताएका छन्।

बुधबारको प्रतिनिधिसभाको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको बहसमा भाग लिँदै उनले यो अवस्थामा ल्याएर बोल्ने बनाउने सरकार, सांसद, चिकित्सक सबैप्रति आधार व्यक्त गरे। उनले देशमा जलनका केस धेरै हुने भएकोले सरकारलाई छुट्टै अस्पताल बनाउन आग्रह गरे। उनले हाम्रा चिकित्सक कसैभन्दा कम नभएको बताउँदै उनले नेपालका डाक्टर सबैभन्दा बढी कम्पिटेन्स रहेको दाबी गरे।  गत ३ फागुनमा बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा भएको आगलागीमा परी उनी गम्भीर घाइते भएका थिए। उनको भारतको मुम्बईस्थित नेसनल बर्न अस्पतालमा साढे दुई महिनाको उपचारपछि भण्डारी बैशाख १७ गते स्वदेश फर्किएका थिए। कीर्तिपुरमा उपचारपछि उनलाई थप उपचारका लागि भारत लगिएको थियो।