दुई करोड अडियो प्रकरणमा मुछिएका ढाका कुमार श्रेष्ठको पद खारेज, सर्वोच्चले अन्तरिम आदेश नदिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८१ दिन अगाडि
दुई करोड अडियो प्रकरणमा मुछिएका ढाका कुमार श्रेष्ठको पद खारेज, सर्वोच्चले अन्तरिम आदेश नदिने

काठमाडौं- व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको प्रकरण बाहिरिएसँगै सांसद पद खारेजीमा परेका ढाका कुमार श्रेष्ठको सांसद पद पूर्णरुपमा खारेज भएको छ ।

बुधबारको दैनिक पेशी सूचीमा रहेको मुद्दामाथि कुनै पनि अन्तरिम आदेश जारी नहुने सर्वोच्चले जनाएसँगै रास्वपाबाट बिन्दबासिनी कंशाकारले स्वत सांसद पदको जिम्मेवारी पाएकी छिन् । 

श्रेष्ठलाई दुई करोड डिल गरेको अडिओ बाहिरिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्यसम्म नरहने गरि निलम्बन गरेको थियो । त्यस लगत्तै सभामुख देवराज घिमिरेले श्रेष्ठ सांसद पदमा नरहेको प्रतिनिधिसभा सदस्यहरुलाई जानकारी गराएका थिए । 

यद्यपि श्रेष्ठले भने आफूलाई फसाउनका लागि सुनुयोजित रुपमा अडिओ इडिट गरेर ल्याइएको दाबी गर्दै सांसद पद जोगाइ दिन भन्दैसर्वोच्च पुगेका थिए । उनले सांसद पद जोगाइदिन भन्दै अन्तरिम आदेशको माग गर्दै गत वैशाख २४ गते नै निवेदन दिएका थिए । सोे रिटमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठले दुवै पक्षलाई छलफलमा बालाएर मात्र  अल्पकालीन अन्तरिम आदेश दिन मिल्ने भन्दै ढाका कुमारको पद खारेजी नगर्न र बिन्दबासिनी कंशाकारमाथिको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । 

तर, अब भने सर्वोच्चले उक्त निवेदनमाथि कुनै सुनुवाई नगर्ने जनाएको छ । बुधबारको दैनिक पेशी सूचीमा रहेको मुद्दामाथि कुनै पनि अन्तरिम आदेश जारी नहुने सर्वोच्चतले जनाएको छ । न्यायाधीस कुमार रेग्मी र न्यायाधीस नहकुल सुवेदीको संयुक्त इजलासमा रहेको उक्त मुद्दामाथि कुनै पनि अन्तरिम आदेश नहुने भएसँगै ढाका कुमारको सांसद पद स्वत खारेज भएको छ । 

अब, रास्वपाबाट बिन्दबासिनी कंशाकार स्वत सांसदमा भएकी छिन् । उनलाई पार्टीले सांसदमा निर्वाचित गर्न आयोगलाई पत्र लेखेको थियो भने आयोगले उनलाई बैशाख २५ गते नै सांसदमा निर्वाचित भएको पत्र दिएको थियो ।