नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न युवा संघको माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५६ दिन अगाडि
नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न युवा संघको माग

काठमाडौं- नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

यो प्रकरणमा एमाले नेताहरु र अख्तियारका प्रमुख आयुक्तलाई समेत बदनाम गराउन खोजिएको भन्दै युवा संघले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउन खोजिएको आरोप लगाएको छ। आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आठ बुँदे माग पत्र बुझाउँदै युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजनीतिक रंग नदिन माग गरेको छ । अनुसन्धानको क्रममा पक्राउ परेका आरोपीले नाम लिएका सबैलाई र गोपनीयता भंग गर्नेहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उसको माग छ ।