करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७९ दिन अगाडि
करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

 काठमाडाै‌ -विद्यालय प्रशासनको लापरवाहीका कारण राजविराजस्थित शिब इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलमा अध्ययरत एक विद्यार्थीको शुक्रबार विहान करेन्ट लागेर मृत्यु भएको छ ।

कक्षा १० मा अध्ययरत जिल्लाको राजगढ गाउँपालिका–१ झुटकीका लक्ष्मणप्रसाद यादवको १५ वर्षीय छोरा पेशलानन्द यादवको करेन्ट लागेर मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार विद्यालयले नियमित रुपमा शुक्रबार आयोजना गर्दै आएको खेदकुद प्रतियोगिताको लागि पेशलानन्दलाई स्पिकर बजाउनका लागि विद्युतको पोलमा हुकिङ गर्न खटाइएको थियो ।हुकिङ गर्ने क्रममा ११ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो । सोही क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले करेन्ट लागेर विद्यार्थीको मृत्यु भएको पुष्टि गरे । ‘घटनाबारे अनुसन्धान भइरहेको छ’ उनले भने । घटनाबारे विद्यालयका प्रिन्सिपल नरेशप्रताप साहसँग बुझ्न खोज्दा  उनको फोन उठेन ।