नक्कली भुटानी शरणार्थी प्रकरण -अदालतमा आरोपीको बयान सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५६ दिन अगाडि
नक्कली भुटानी शरणार्थी प्रकरण -अदालतमा आरोपीको बयान सुरु

 काठमाडौं - नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो । यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो । १४ जना फरार रहेकाले १६ जनाको मात्र बयान सुरु भएको हो । 

फरार रहेका १४ जनाको हकमा भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ । बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ ।