लिग जितेपछि बायर्नले सीईओ ओलिभर र निर्देशक हसनलाई बर्खास्त गर्‍यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४९ दिन अगाडि
लिग जितेपछि बायर्नले सीईओ ओलिभर र निर्देशक हसनलाई बर्खास्त गर्‍यो

काठमाडौं - जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिखले लिग उपाधि जितेपछि सीईओ ओलिभर काहान र निर्देशक हसन सालीहामिदजिकलाई बर्खास्त गरेको छ ।

शनिबार लगातार ११औं पटक बुण्डेसलिगा उपाधि जितेपछि काहन र हसनलाई बर्खास्त गरेको क्लबले जनाएको छ । बायर्नले सिजनको अन्तिम खेलमा शनिबार एफसी कोल्नलाई २-१ ले पराजित गर्दै लिग उपाधि जितेको थियो । जमल मुसियलाले ८९औं मिनेटमा गोल गरेपछि बायर्नले जित निकाल्दै लिग नै जित्यो । बोरुसिया डर्टमण्ड माइज्सँग २-२ को बराबरीमा रोकिएपछि बायर्नलाई फाइदा पुगेको हो ।

काहनले सन् २०२१ मा कार्ल हेइन्ज रुमेनिजको स्थानमा सीईओ पोजिसन सम्हालेका थिए । अब उनको स्थानमा जान क्रिस्टियन ड्रसेन आउने क्लबले विज्ञप्तिमार्फत जनाएको छ । क्लबले यो कठिन निर्णय भएपछि क्लबको समग्रमा विकासका लागि यो निष्कर्षमा पुग्नु परेको जनाएको छ ।बुण्डेसलिगा जित्न कडा मिहिनेत गर्नुपरेको बायर्न जर्मन कप र च्याम्पियन्स लिगमा अने अन्तिम आठबाटै बाहिरिएको छ ।