आगामी आर्थिक वर्षमा नयाँ सवारीसाधन खरिद नगर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५३ दिन अगाडि
आगामी आर्थिक वर्षमा नयाँ सवारीसाधन खरिद नगर्ने

काठमाडाै‌ -सरकारले आगामी आर्थिक वर्षमा कर्मचारी तथा सरकारी प्रयोजनको लागि नयाँ सवारीसाधन खरिद नगर्ने निर्णय लिएको छ । 

कर्मचारीको लागि नयाँ सवारीसाधन खरिद गर्नुको साटो पेट्रोल तथा डिजेलवापत लाग्ने खर्च एकमुष्ठ रूपमा दिने तयारी सरकारले गरेको हो । कर्मचारी तथा पदाधिकारीका लागि सवारी किन्दा आर्थिक भार पर्न सक्ने भएकोले त्यसलाई कम गर्न आर्थिक वर्ष ०८०÷८१ मा यस्तो नियम लागू गरिने भएको हो । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशरण महतले हाल सरकारी सवारीसाधन चलाइरहेका कर्मचारीहरूलाई पनि सीधै पेट्रोल तथा डिजेल दिनुको साटो नगद नै दिने व्यवस्था मिलाउने उल्लेख गरे ।  यस्तै, उस्ताउस्तै कार्यक्षेत्र रहेका क्षेत्रहरूलाई गाभ्ने सरकारको योजना छ । कर्मचारीको प्रोत्साहन र अत्तिरिक्त भत्ता पनि कटौति गरिने छ । अत्यावश्यकबाहेक नयाँ भवन निर्माण गरिने छैन ।