उत्पादनमा आधारित रहेर कृषिमा अनुदान दिइने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७६ दिन अगाडि
उत्पादनमा आधारित रहेर कृषिमा अनुदान दिइने

 काठमाडाै‌ -कृषिसम्बन्धी अनुदानलाई उत्पादनमा आधारित बनाइने भएको छ । सरकारले अहिले बीमा, मललगायतका बिषयमा अनुदान दिँदै आएको छ।

अब कृषि अनुदान प्रणालीलाई उत्पादनमा आधारीत बनाउने घोषणा गरिएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। अनुदानको सही सदुपयोग नभएको बताउँदै उनले यस्तो घोषणा गरेका हुन् ।