२०८०-८१ बजेट : खर्च कटौतीको योजनासहित १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ घोषणा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४५ दिन अगाडि
२०८०-८१ बजेट : खर्च कटौतीको योजनासहित १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ घोषणा

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको ल्याएकाे छ ।

सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् । जसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको अर्थमन्त्री महतले जानकारी दिए । 

सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ । जसअनुसार आर्थिक मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ । यस्तै, आगामी आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर बढाउने र दोस्रो चरणको आर्थिक सुधारको योजना समेत सरकारले बनाएको छ ।

अर्थमन्त्री डा. महतले आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माणलाई समेत प्राथमिक्रामा राखेका छन् । यसैगरी कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट बढाइएको छ ।

बजेटसम्बन्धी थप समाचारहरु

नेपाललाई चलचित्र पर्यटन गन्तव्यको रूपमा विकास गरिने

दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच

शहरी विकासको बजेट झण्डै दोब्बर

संघीय संसद् भवन निर्माणमा १ अर्ब २२ करोड बजेट, एक बर्षभित्रै सम्पन्न हुने

बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने

३० अर्बले घट्यो भौतिक पूर्वाधारको बजेट, खुद्रे आयोजना हटाइयो सम्पन्न हुने आयोजनामा मात्रै बजेट विनियोजन

नारयणगढ बुटबल खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड

घरजग्गा कारोबार -महानगर र उपमहानगरमा बैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गरिने

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क