एनिसा घिमिरे | भक्तरपु - लोकन्थली स्थित समृद्धि कलेजमा बिएसडब्लु , बिबिएस, बिसीए अध्यनरत बिध्यार्थीहरुको अग्रसरतामा लोकन्थली बस-बिसाैँनी क्षेत्र सरसफाइ कार्य सम्पन्न भएको छ ।
मैनादेवी फाउन्डेसनकाे आयाेजना तथा नेपाल टेलिकम र काठमाडौ महानगरपालिकाको समन्वय ,सहजीकरण र सहकार्यमा CPL 2023 अन्तरगतरहे उक्त कार्य सम्पन्न भएकाे हाेे । नियमित सरसफाइ अभियान अन्तर्गकाे चरणवद्ध सफाइ अभियानकाे पाँचौ सप्ताहमा मध्यपुर ठिमी, लोकन्थली-१का जनप्रतिनिधि , वडा अध्यक्ष , टोल सुधार समिती, फोहोर-मैला ब्यबस्थापन गर्ने संस्था नेप्से म्याकू दिब्यश्वोरीलगायत सहयोगी हातहरुकाे उपस्थिति तथा समन्वय रहेकाे थियाे ।
सरसफाइ अभियानकाे चौथो हप्तासम्म आइपुग्दा त्यसक्षाेत्र वरपरका स्थानीय तथा सराेकार वाला निकायहरूमा सरसफाइको महत्व, कुहिनेे र नकुहिने फोहोरको व्यवस्थापन तथा पुन: प्रयाेगमा नआउने फाेहाेर व्यवस्थापन बारे चेतना दिदै समृद्धि कलेज लोकन्थली अघि बढेकाे थियाे ।
सरसफाइ अभियानकाे यस साता अन्तर्गत बस-बिसाैँनी वरपरकाे फोहोरमैला संकलन तथा व्यवस्थापनमा कलेजका शिक्षक, बिध्यार्थी, स्थानीयहरुकाे संयुक्त सहभागिता रहेकाे थियाे । विभिन्न प्लास्टिकजन्य फोहोर तथा वर्षा र वाढका कारण थुप्रिएर/जमेर बसेकाे हिलो, धुलोलगायतकाे फोहोरकाे पनि व्यवस्थापनमा गरिएकाे छ ।
यसैगरि सडक तथा बाटाेमा उम्रीएकाे झारपात तथा सडकमा थुप्रिएकाे फोहोरकाे समेत सफाइ गरि सवारी चालक, सवार यात्रु तथा पैदल यात्रुलाईसमेत सरसफाइ र यसको व्यवस्थापनमा जनचेतना जागृत गराउने कार्य सम्पन्न गरिएको छ।