सौगात र सृष्टि अभिनीत फिल्म ‘राधा’ पुनः प्रदर्शन हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०६७ दिन अगाडि
सौगात र सृष्टि अभिनीत फिल्म ‘राधा’ पुनः प्रदर्शन हुने

काठमाडाै‌ -सुवर्ण थापाको लेखन एवं निर्देशन रहेको फिल्म ‘द सेक्रेट्स अफ राधा’ पुनः प्रदर्शन हुने भएको छ ।

गतवर्ष भदौ १० गते रिलिज भएको फिल्म यसवर्षको भदौं २९ गतेबाट पुनः प्रदर्शनमा आउने भएको हो । गतवर्ष शो बाँडफाँडमा भेदभाव भएको भन्दै निर्माताले फिल्मलाई हलबाट उतारेका थिए । निर्देशक थापाले फेसबुकमा फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्म पुनः प्रदर्शन गर्न लागिएको जानकारी दिएका हुन् । उनले लेखेका छन् – ‘आदरणीय दर्शक महानुभावहरू अस्ट्रेलिया, नर्थ अमेरिका र यूरोपको सफल प्रदर्शन एवं विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागितापछि हामीले ‘द सेक्रेट्स अफ राधा’लाई तपाईहरूको सामु ल्याउने जमर्को गरेका छौँ । आशा छ यो अवसरमा तपाईँहरूले हाम्रो साथ दिनुहुनेछ ।’ 

सौगात मल्ल, देवकी विष्ट र विक्रम दास जोशी यस फिल्मका निर्माता हुन् ।  फिल्ममा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, सौगात मल्ल, दिव्य देव, बुद्धि तामाङ, लोकेन्द्र लेखक, पशुपति राई, निश्चल बस्नेत, दयाहाङ राईलगायतको अभिनय छ । बेपत्ता भएका श्रीमानको खोजी गरिरहेकी श्रीमतीको कथालाई फिल्ममा देखाइएको छ ।