नारायणी नदीमा डुबेर एक बालक बेपत्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०५८ दिन अगाडि
नारायणी नदीमा डुबेर एक बालक बेपत्ता

काठमाडाै‌ -पूर्वी नवलपरासीमा नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालक बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय रजहरका अनुसार देवचुली नगरपालिका– १ केउरेनीघाटस्थित नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा  साेमबार दिउँसो ३ः२० बजे देवचुली– १ निवासी १५ वर्षीय बालक संयोग ढकालको बेपत्ता भएका हुन् । बेपत्ता ढकालको प्रहरी, स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा व्यास दलदलेकाे टोलीले खोजी गरिरहेको नवलपुर प्रहरीले जनाएको छ ।