काठमाडाै -मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ।
यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो। हेलम्बु गाउँपालिका– १ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, ०७८ असारको बाढीले क्षति पुर्याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौं पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए। रासस