भारतीय नयाँ नक्साविरुद्ध विद्यार्थीकाे प्रदर्शन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७४ दिन अगाडि
भारतीय नयाँ नक्साविरुद्ध विद्यार्थीकाे प्रदर्शन

 काठमाडाै‌ -भारतले नयाँ संसद् भवनमा राखेको अखण्ड भारतको नक्साप्रति नेपालमा विरोध भएको छ। 

गत आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको उक्त भवनमा अंकित नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुसमेत समेटिएपछि नेपालमा विरोध भएको हो।  बुधबार संयुक्त विद्यार्थी संगठनले अखण्ड भारतको नक्साविरुद्ध  माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। भारतले यसअघि भारतले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई एकतर्फी रूपमा आफ्नो नक्सामा समावेश गरेको थियो।