सरकारले ल्याएको बजेट कार्यान्वयन हुन सक्दैन-पूर्वअध्यक्ष कटुवाल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२४३ दिन अगाडि
सरकारले ल्याएको बजेट कार्यान्वयन हुन सक्दैन-पूर्वअध्यक्ष कटुवाल

काठमाडाै‌ -नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले सरकारले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने बताउनु भएको छ ।

संस्थापक अध्यक्ष कटुवालले सरकारले ल्याएको बजेटको बारेमा प्रतिक्रिया दिँदै वर्तमान आर्थिक समस्याकाबीच आएको बजेटको आकार ठूलो भएकाले कार्यान्वयनमा समस्या रहेको बताउनु भएको हो । उनले सरकारले संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट ल्याउन नसकेको बताए । उनले उद्योगी व्यवसायीहरुको मागलाई केही सम्बोधन गरेको भएता पनि त्यतिले पुग्ने अवस्था नभएको बताएका छन्। संस्थापक अध्यक्ष कटुवालले बजेट भाषण राम्रो भए पनि बजेट गरेको व्यवस्था कार्यान्वयन हुन नसक्ने बताए।

उनले विगतका सरकारले पनि बजेट भाषणमा ललिपप देखाउने तर कार्यान्वयन गर्ने बेलामा कार्यान्यन नहुने गरेको स्मरण गरे। पूर्वअध्यक्ष कटुवालले सरकारले निजी क्षेत्रको मनोवल उच्च बनाउने भाषण गरे पनि मनोवल उच्च बनाउन सक्ने गरी बजेट नआएको बताए। उनले सरकारले ल्याएका कतिपय व्यवस्थाहरु सकारात्मक रहेको पनि बताए। उनले आगामी आर्थिक वर्षको बजेट जसरी अर्थतन्त्रको चुनौती र समस्या समाधान उन्नमुख हुर्ने भए पनि समाधान उन्नमुख हुन नसकेको बताए । कटेवालले भन्नुभयो,‘सरकारले ल्याएको बजेट वर्तमान समस्या समाधान उन्नमुख छैन । अर्थतन्त्र शंकटामा हुँदा उद्योगी व्यवसायी पलायन हुने अवस्थामा छन् । उनीहरुको लागि मनोवल उच्च बनाउने मात्रै भनिएको छ तर के गरेर मनोवल उच्च बनाउने उल्लेख छैन । सरकारबाट व्यवसायीहरुले तत्काल समस्याको समाधान खोजी रहेका छन् ।’ उनले बजेट शिथिल अर्थतन्त्र उकास्ने गरी आउनु पर्नेमा राजश्व केन्द्रित भएर आएको बताए । उनले बजेट हेर्दा राजश्व धेरै संकलन गर्ने,वैदेशिक लगानी ल्याउने,नाराहरु पनि राम्रो रहेको छ तर वर्तमान समस्या समाधान गर्ने खालको नभएको बताए। उनले दिर्घकालिन समाधानका लागि कृषि,रोजगार र युवाको लागि प्राथमिकता राखेर लोकप्रियता कमाउनको लागि मात्रै राखेको देखिएको बताए। उनले बजेटले जति महत्वकांक्षा बोकेर ल्याइएको भए पनि पूरा हुने सम्भावना कम रहेको बताए । उनले ३५ प्रतिशतसम्म सटर खाली भएको,६० प्रतिशत साना तथा घरेलु उद्योगहरु बन्द अवस्थामा रहेको भन्दै सरकारले लिएको १२ अर्बको राजश्व संकलन सम्भव नहुने बताए ।