प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५१ दिन अगाडि
प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

 काठमाडाै‌ -भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका छन्। 

चारदिने औपचारिक भ्रमणका लागि बुधबार भारत प्रस्तान गरेका प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच आज औपचारिक भेटवार्ता गर्ने कार्यतालिका छ।  प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच बिहीबार बिहान हैदराबाद हाउसमा द्विपक्षीय हित र चासोका विविध विषयमा औपचारिक वार्ता हुने कार्यक्रम छ।

बुधबार साँझ मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने औपचारिक वार्ताका एजेन्डा र भारतको सुरक्षाचासोबारे जानकारी दिएका छन्।