प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५१ दिन अगाडि
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु

काठमाडाै‌ -भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता सुरु भएको छ।

नयाँदिल्लीको हैदरावाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भइरहेको छ। द्विपक्षीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । यसअघि प्रधानमन्त्री प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका थिए । चारदिने औपचारिक भ्रमणका लागि भारत प्रस्तान गरेका प्रधानमन्त्री प्रचण्ड बुधबार साँझ मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने औपचारिक वार्ताका एजेन्डा र भारतको सुरक्षाचासोबारे जानकारी दिएका छन्।