बजेटको बेला अनावश्यक भेटघाट नगर्न मुख्यमन्त्री शाहको निर्देशन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५० दिन अगाडि
बजेटको बेला अनावश्यक भेटघाट नगर्न मुख्यमन्त्री शाहको निर्देशन

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अगामी आर्थिक वर्षको बजेटको बेला अनावश्यक भेटघाट नगर्न मन्त्री र कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्री, सचिव र विभिन्न कार्यालयका कर्मचारीबीच बिहीबार आयोजित कार्यशालामा उनले अगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका सम्बन्धमा अनावश्यक भेटघाट नगर्न निर्देशन दिएका हुन् । शाहले प्रदेशसभामा बजेट वक्तव्य प्रस्तुत नहुँदासम्म सबै मन्त्री, लोकसेवा आयोग, नीति तथा योजना आयोग, सबै मन्त्रालयका सचिवलाई यस्तो निर्देशन दिएका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले प्रदेशसभामा सरकारले योजना खरिदबिक्री गरिरहेको भन्दै प्रश्न उठाएका थिए ।