शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको बयान जारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५० दिन अगाडि
शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको बयान जारी

काठमाडौं - जिल्ला अदालत, काठमाडौंमा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको बयान जारी छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणसहित शरणार्थी अधिकारवादी नेता टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको पनि बयान भइरहेको छ । प्रकरणमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर राष्ट्रहित प्रतिकूल हुने कसूर, संगठित ठगी र कीर्तेमा मुद्दा दायर गरेको थियो । पक्राउ परेकामध्ये १५ जनाको बयान सकिइसकेको छ ।  आइतबारदेखि थुनछेक बहस हुँदैछ । बहसपछि आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश हुनेछ ।