सिटिइभिटीको गाडी सुनकोसीमा खस्यो, तीन कर्मचारी बेपत्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७२ दिन अगाडि
सिटिइभिटीको गाडी सुनकोसीमा खस्यो, तीन कर्मचारी बेपत्ता

 काठमाडाै‌ -मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडक खण्डको लौकुनबाट सिटिइभिटीको गाडी सुनकोसी नदीमा खसेको छ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको विएवि ७४६७ नम्बरको स्कारपियो गोलन्जोर गाउँपालिका वडा नं. ७ को लौकुनबाट सुनकोसीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका प्रहरीले जनाएको छ। गाडी चालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए। गाडी पुरै डुबेको र निकाल्न नसकिएको सिलवालले बताए। उनका अनुसार गाडीमा सिटिईभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको खुलेको छ। स्थानीय र प्रहरी टोलिले उनीहरुको खोजी गरिरहेको छ।