तातोपानीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०५५ दिन अगाडि
तातोपानीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

काठमाडाै‌ -जुम्लाको तातोपानी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

तातोपानी– ६ चिमलडाँडामा शुक्रबार ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमा तिला गाउँपालिका– ५ लिताकोटका १६ वर्षीय विकास सुनारको मृत्यु भएको हो। प्रहरी कार्यालय जुम्लाका अनुसार चिलिमडाँडाबाट ढुङ्गा बोकेर रावतवाडा आउँदै गरेको लु ४ त ७९४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट झण्डै ५० मिटर तल खसेको थियो। घाइते सुनारको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए। ट्याक्टरका चालक फरार छन्।