गर्मीका कारण हेटौँडामा पनि विद्यालय बन्द

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०६२ दिन अगाडि
गर्मीका कारण हेटौँडामा पनि विद्यालय बन्द

काठमाडाै‌ -गर्मी अत्यधिक बढेपछि हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ र ५ का सम्पूर्ण विद्यालय बन्द हुने भएका छन्।

गर्मी बढेपछि यी वडाले वडाभित्रका सम्पूर्ण विद्यालयहरू तीन दिन बन्द गर्ने निर्णय गरेका हुन्। वडा नम्बर ५ का वडाध्यक्ष सुशील घिमिरेले सूचना सार्वजनिक गर्दै गर्मीका कारण ३ दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन्। यस्तै, वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् वडाभित्रका सबै सामुदायिक र निजी विद्यालयहरू तीन दिनका लागि बन्द रहने सूचित गराएका छन्। यसअघि मकवानपुरको बकैया गाउँपालिकाले पनि पालिकाभित्रका सम्पूर्ण विद्यालयहरू एकसाताका लागि बन्द गर्ने निर्णय गरेको थियो। शुक्रबार बसेको गाउँ शिक्षा समितिको बैठकले जेठ २१ गतेदेखि २७ गतेसम्म पालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको पालिका अध्यक्ष धर्म लामिछानेले जानकारी दिए।