काठमाडाै -राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मित्रराष्ट्र भारत भ्रमणका क्रममा नेपाली भूभाग सट्टापट्टा गर्न सकिने भन्दै दिएको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक भएको भनी टिप्पणी गरेका छन् ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले सामाजिक संजाल ट्विटरमा आफ्नो धारणा राख्दै लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको अभिभाज्य भूभाग रहेको समेत बताएका छन् । थापाले लेखेका छन्, ‘लिम्पियाधुरा, कालापानी, सुस्ता नेपालको अविभाज्य भूभाग हो । भारतले अनधिकृतरुपमा कब्जा गरिरहेको छ । यो विषय कुटनीतिक वार्ताबाट टुंग्याउनुपर्छ। संसद, दलहरुसँग परामर्श नगरी र जनताको सहमतिविना प्रधानमन्त्रीले नेपालको भूभाग सट्टापट्टा गर्न सकिने खालको गैरजिम्मेवार अभिव्यक्ति दिनु आपत्तिजनक छ ।’